समाज

पश्चिम सेती बनाउन माग गर्दै कीर्तिपुरमा 'सडक संगीत संघर्ष', प्रधानमन्त्रीलाई ७५० पैसा दान!

काठमाडौं - पश्चिम सेती जलविद्युत आयोजना छिटो बनाउन माग गर्दै कीर्तिपुरमा साँस्कृतिक कार्यक्रम गरिएको छ। दबाबमुलक कार्यक्रम गर्दै आएको 'बोलन्या थली' धनगढीले बुधबार सदूरपश्चिमका कलाकारसहितको उपस्थितिमा सडक संगीत संघर्ष अन्तरगत सांस्कृतिक कार्यक्रम गरेको हो।

 कीर्तिपुरमा ‘आश्वासनका २८ वर्षः पश्चिम सेती कहिले बन्छ ?’ ‘हिँजो आशा मर्यो, आज जवानी मर्दैछ, भोलि सपना मर्नेछ’ लगायतका नारासहित साँस्कृतिक कार्यक्रम गरिएको हो। सांस्कृतिक कार्यक्रममा अराज केशव, चक्र बम, विष्णु भट्ट, टंक तिमिल्सेना, चेतन बोहरा, महेश बीसी, सन्तोष रोकायालगायतका कालाकारहरुले प्रस्तुति दिएका थिए। कलाकारहरुले बिना पारिश्रमिक प्रस्तुति दिएका हुन्।

कार्यक्रमा सहभागीहरुबाट स्वस्फूर्तरुपमा ५ हजार ३ सय ४५ रुपैयाँ संकलन भएको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए। संकलित रकममध्ये सांकेतिक विरोधस्वरुप ७५० पैसा प्रधानमन्त्रीलाई बुझाइने उनले बताए। उक्त पैसा ज्ञापन पत्रमार्फत प्रधानमन्त्रीलाई बुझाइने जोशीले जानकारी दिए। ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना बन्ने चर्चा वर्षौंदेखि भइरहे पनि काम सुरु हुन सकेको छैन।

पश्चिम सेतीबारे कुरा उठाउन माग गर्दै यसअघि अभियन्ताहरुले माइतीघर मण्डलामा कचौरा जुलुशसहित प्रदर्शनसमेत गरेका थिए।

प्रकाशित: १ फाल्गुन २०७६ ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App