समाज

खोले सागप्रति आकर्षित हुँदै उपभोत्ता

नेपालगञ्ज - खेत, खोला र सीमसार क्षेत्रमा पाइने ‘खोले साग’अहिले नेपालगञ्जका ग्राहकले अत्याधिक रुचाउन थालेका छन्। छिपछपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोले साग भनिन्छ। कतिपय ठाउँमा यसलाई सीम साग र पालुङ्गे साग भन्ने गर्दछन् 

पछिल्लो समय नेपालगञ्जमा यही ‘खोले साग’ चर्चित छ। कर्णाली र दाङको ‘खोले साग’ले  बजार पाएको छ। साग बिक्री वितरणले धेरैको रोजीरोटी चलाएको छ। धेरैले रुचि मानेर किनेर लैजानुहुन्छ, नेपालगञ्जको धम्बोझीचोक नजिकै साग बेच्दै आएकी सावित्री वलीले भनिन् ग्राहकलाई पुर्‍याउनै सकिएको छैन।कर्णालीमा मात्रै नभई दाङबाट समेत आयात भइरहेको खोले सागको बिक्री राम्रो भइरहेको उनले बताइन।

खोलामा खेर गइरहेको खोले सागप्रति स्थानीयवासीको अत्यधिक माग रहेको छ। बजारमा सागको माग बढ्न थालेपछि गाउँका किसानले खोलाबाट सङ्कलन गरेर बिक्री गर्दै आइरहेका छन्। एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने  सागको माग गर्मी मौसममा अझै धेरे हुने गर्छ। गर्मी मौसममा अन्य सागको उत्पादन कमै हुने भएकाले पनि खोले सागको माग बढ्दो छ। पूर्णरुपमा अर्गानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग धेरै भएको  बताइएको छ।

साग बिक्री गरेर सिजन अनुसार करीब २० हजार रूपैयाँसम्म कमाइ हुने गरेको वलीले जानकारी दिइन। एकपटक उम्रिएको ठाउँबाट निकाल्दा पनि निरन्तर उम्रिरहने भएकाले आम्दानी पनि भइरहन्छ, उनले भनिन्। उनले नेपालगञ्जमात्रै नभएर बुटवलसम्म पनि  साग पठाउने गरेको बताइन। रासस

प्रकाशित: २६ माघ २०७६ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App