समाज

कलैयामा जनचेतना कार्यक्रम

कोरोना भाइरसको संक्रमणबारे जानकारी दिन कलैयामा निकालिएको र्‍याली ।

बारा– छिमेकी देश चीनमा महामारीको रुप लिएको कोरोना भाइरसबाट बच्न र सतर्क रहन जानकारी गराउन शनिबार कलैयामा जनचेतना कार्यक्रम गरिएको छ । कुनै पनि रोग लाग्नुभन्दा पहिला त्यसबाट बच्ने उपाय अपनाउँदा ती रोगबाट सजिलै बच्न सकिने भएकाले कोरोना भाइरसबाट बच्ने उपायबारे सबैलाई जानकारी गराइएको बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए ।

कोरोना भाइरस एक व्यक्तिमा लागेपछि अर्को व्यक्तिमा सजिलै सर्ने भएकोले जनचेतना कार्यक्रम गरी स्थानीयलाई खुला वा भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरिएको कलैया उपमहानगरपालिका प्रमुख राजेशराय यादवले बताए । सो अवसरमा जनचेतनामूलक ¥याली पनि आयोजना गरिएको थियो ।

 

प्रकाशित: १९ माघ २०७६ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App