समाज

भोलिदेखि मौसममा सुधार, आज तराईमा वर्षा, हिमाली भेगमा हल्का हिमपात

काठमाडाैं - बिहीबारदेखि प्रभावित मौसम आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार पहाडी  तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भगामा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई हुँदै गएकोले मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको महाशाखाले जनाएको छ। भोलिबाट मौसममा पूर्णरुपमा सुधार आउने महाशाखाको पूनानुमान छ।

यस्तो छ पछिल्लो तीन दिनको मौसम पूर्वानुमान

माघ ४ गते (शनिबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी  तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः   देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा आंशिक बदलि भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

माघ ५ गते (आइतबार)
दिउँसोः देशभर सामान्यतया सफा देखि आंशिक बदली भई  पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ।

रातिः   देशभर सामान्यतया सफा देखि आंशिक बदली भई  पहाडी भू/भागका १/२ स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ।

माघ ६ गते (सोमबार)
दिउँसोः देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू-भागका १/२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ।

रातिः  देशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका १/२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ।

प्रकाशित: ४ माघ २०७६ ०५:३६ शनिबार

मौसम पूर्वानुमान