समाज

जथाभावी बाटो काट्नेलाई पनि ट्राफिकको कक्षा (भिडीयोसहित)

काठमाडौं- भिजिट नेपाल २०२० लाई मध्येनजर गरि ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियमहरु बनाएको छ। ट्राफिक नियमसँग जोडिएका पक्षहरुमा सुधार तर्फ तत्काल लाग्ने ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

भाडाका सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु बोक्ने र गाडीभित्र फोहोर गर्नेलाई नियमअनुसार कारबाही गर्ने जनाइएको छ। यस्तै, भाडाका गाडीमा डस्टबिन राख्ने र भिजिट नेपालको स्टीकर टास्ने अभियान अहिले ट्राफिक प्रहरीले तीब्ररुपमा अघि बढाएको छ।  

यस्तै, दुर्घटना न्यूनीकरणका लागि पैदलयात्रीहरुलाई केन्द्रीत गर्दै नियम बनइएको छ। पैदलयात्रीले जथाभावी बाटो काट्दा ट्राफिक प्रहरीले बाटोमै २० मिनेटको सचेतना कक्षा दिन थालेको छ। सवारी साधन चलाउनेलाई दिँदै आएको सचेतना कक्षा अबदेखि पैदलयात्रुले पनि लिनुपर्ने प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ढकालले जानकारी दिए। सोमबारदेखि लागू भएको सो नियम हाललाई भोटाहिटी र वीर अस्पताल अगाडीबाट सुरू गरिएको छ। अन्य स्थानमा पनि छिट्टै विस्तार गरिने उनले बताए। कारबाहीमा परेका पैदलयात्रुले अनिवार्य रुपमा कक्षा लिनुपर्ने पनि उनले बताए।

पहिलो दिन नै पन्ध्र सय  जनालाई सचेतना कक्षा सञ्चालन गरिसकेको जनाइएको छ। कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ।

प्रकाशित: १ माघ २०७६ ११:५७ बुधबार

बाटो ट्राफिक कक्षा