समाज

घिरिङमा यात्रुबाहक बस दुर्घटना: दुईको मृत्यु, १७ जना घाइते

दुलेगौँडा(तनहुँ) - तनहुँको घिरिङमा यात्रुवाहक बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ।  पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खस्दा बसमा सवार दुई जनाको मृत्यु भएको छ। दुघ६नामा १७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापाको घटनास्थलमै मृत्यु भएको हो। घिरिङ – ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङको पोखरास्थित फिस्टेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक लिलाराज लामीछानेले बताए। 

घाइते १७ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको उनले जानकारी दिए। घाइते खतरामुक्त रहेका छन्।  ‘दुर्घटनाको कारण खुल्न सकेको छैन्।

प्रकाशित: २५ पुस २०७६ ११:२४ शुक्रबार

दुर्घटना मृत्यु