समाज

कारमा आफू पनि भएको नायिका परमिता राणाले स्वीकारिन्

काठमाडौं- धेरै समयको मौनतापछि नायिका परमिता राणाले बूढानिलकण्ठमा भएको कार दुर्घटनामा आफू पनि सवार रहेको स्वीकार गरेकी छन्। मंगलबार साँझ राणाले फेसबुकमार्फत सो कुराको स्वीकार गरेकी हुन्।

गत मंसिर २८ मा बूढानीलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिँदा पैदल यात्रु गोरखा घर भइ विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो। अत्यधिक मादक पदार्थ सेवन गरेका चालक २१ वर्षीय पृथ्वी मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा देवकोटाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको थियो।

परमिताले फेसबुक मार्फत आफू यति समयसम्म चुप रहेर गल्ति गरेको भन्दै स्पष्टिकरण दिएकी छन्। उक्त घटनाले आफूलाई धेरै पिडा दिएको र कारमा आफू पनि भएको कुरा ढिला सार्वजनिक गरेको भन्दै फेसबुकमा शेयर गरि माफीसमेत मागेकी छन्।

उनकाे फेसबुक पाेस्टः

प्रकाशित: २३ पुस २०७६ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App