समाज

छाउगोठ हटाउने अभियान सुरु गर्दै मन्त्री गुरुङ

फाइल फोटो

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘छाउगोठ मुक्त नेपाल’ बनाउने घोषणा गरेका छन्।

मन्त्री गुरुङले छाउगोठ मुक्त नेपाल बनाउने गरी सरकारले छिट्टै मर्यादित महिनावारी सम्बन्धी नीति ल्याउने योजनापनि अघि सारे। मंगलबार काठमाडौंमा आयोजित छाउगोठ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छाउगोठ मुक्त नेपाल बनाउन आवश्यक सुझाव दिनपनि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सांसदहरुलाई आग्रह गरे।

‘सामाजिक कूरीतिको रुपमा रहेको छाउगोठ उन्मुलन हुने गरी सरकारले छिट्टै आवश्यक नीति ल्याउनेछ’ मन्त्री गुरुङले भने,‘त्यसका लागि आवश्यक सबै खालको सुझाव दिन म सम्बन्धित जिल्लाका सांसद, सरोकारवाला निकाय सबैलाई आग्रह गर्दछु।’ मन्त्री गुरुङले छाउगोठ मुक्त समाज निर्माणका लागि सरकारले महिनावारी सम्बन्धि नीति छिट्टै ल्याउनेगरी तत्काल कार्य दल गठन गर्न लागेको पनि जानकारी दिए। 

कार्यक्रममा बोल्दै संघीय संसदको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवीपालले सामाजिक कुरीतिको रुपमा रहेको छाउगोठ अन्त्य गर्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने आवश्यक्ता औंल्याएकी थिइन्।

प्रकाशित: २३ पुस २०७६ ०७:५० बुधबार

पार्वत_गुरुङ छाउगोठ