समाज

सहायक वन अधिकृत घुससहित पक्राउ

बर्दिया- बबइ सब डिभिजनमा वन कार्यालय,जयनगरमा कार्यरत सहायक वन अधिकृतलाई अख्तियारको टोलीले घुस सहित सोमबार पक्राउ गरेको छ। अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले १० हजार घूससहित वन सहायक अधिकृत आनन्दप्रसाद साहलाई पक्राउ गरेको हो। बबई सव - डिभिजन वन कार्यालय, जयनगर बारबर्दियाबाट उनलाई पक्राउ गरेको अख्तियारका नेपालगन्ज प्रमुख गणेश गैरेले बताए।

वन सहायक अधिकृत साहले काठको लगत मिलाई दिने भन्दै सेवाग्राहीबाट १० हजार घूस लिएको प्रमुख गैरेले जानकारी दिए। उनका अनुसार लगत स्टिमेट तयार गरेपछि घुस लिने क्रममा पक्राउ गरी  साहलाई आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

 

 

 

प्रकाशित: २१ पुस २०७६ ११:४० सोमबार

घुस पक्राउ अख्तियार