समाज

२४ वर्षपछि एक्सरे सेवा

भैरहवा– स्वास्थ्य केन्द्र स्थापना भएको २४ बर्ष पछि एक्सरे सेवा सुरु भएको छ।

रुपन्देहीको रोहिणी गाउँपालिका धकधई स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भवन निर्माण भए पछि एक्सरे र भिडियो एक्सरे सेवा एकै साथ शुभारम्भ भएको हो।

३ वर्ष अघि स्वास्थ्य सेवा विभागको सहयोगमा आएको एक्सरे मेसिन र यस वर्ष गाउँपालिकाले उपलब्ध गराएको भिडियो एक्सरे मेसिन आइतबार उद्घाटन गरी एकै साथ सञ्चालनमा ल्याएको छ।

स्वास्थ्य केन्द्रको सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउनका लागि एक्सरे सेवा सञ्चालनमा ल्याएको गाउँपालकाका प्रमुख सनोजकुमार यादवले बताए। 

‘सेवा सञ्चालन सुरु भएसंगै रोहिणी र ओमसतियाका विरामीहरु भैरहवा र बुटवल धाउनु पर्ने बाध्यता हटेको छ’, अध्यक्ष यादवले भने, ‘एक्सरे मेसिन नहुँदा दैनिक दर्जन बढि बिरामी यस क्षेत्रबाट बाहिरिँदै गएका थिए।’ 

मेसिनको उद्घाटन गर्दै नेपाली कांग्रेस रुपन्देहीका सभापती तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए।

बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताउँदै उनले स्वास्थ्य जस्तो संवेदनशील ठाँउमासेवा प्रभावकारी बनाउन आफु सदैैव सहयोग गर्न तत्त्पर रहने बताए।

 रेडियोलोजिस्टको व्यवस्थापनका लागि गाँउपालिकालाई आग्रह गर्दे उनले ओमसतिया र रोहिणी गाँउपालिकाको स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन पहल गरिरहने बताए।

विसं २०५२ मा स्वास्थ्य चौकीको रूपमा स्थापना भएको दुई वर्ष पछि विसं २०५४ मा स्वास्थ्य केन्द्र भएको थियो। 
 
 

प्रकाशित: २० पुस २०७६ १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App