समाज

काठमाडौंको फोहोर बरेडाँडामा राखिने

काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि बञ्चरेडाँडामा ल्याण्डफिलड साइट निमार्णको काम भइरहेको छ। सिस्डोलमा फोहरले भरिएपछि धादिङ र नुवाटोटको बञ्चरेडाँडमा अहिले ल्याण्डफिलड साइट निमार्ण भइरहेको हो। शुक्रबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनलगायतको टोलीले निमार्ण भइरहेको ल्याण्डफिलड साइटको निरीक्षण गरेका थिए।

निरक्षणको क्रममा राज्यमन्त्री मानन्धरले यसलाई कसरी व्यवस्थान कसरी गर्ने भनेर सोच्न सबैलाई आग्रह गरे। सिस्डोल फोहोर व्यवस्थापनका लागि सरकारले सक्दो सहयोग गर्ने र काम गर्दै आएको उनले बताए। काठमाडौं महानगरपालिकाका मेयर शाक्यले सिस्डोल फोहोरले भरिसकेकाल त्यसको विकल्पमा ल्याण्डफिलड साइट निर्माण गरिने बताए। ललितपुर महानगरापालिकाका मेयर चिरिबाबु महर्जले फागुनको पहिलो हप्तासम्म भौतिक संरचनाको निमार्ण भएर फोहोर व्यवस्थापन हुने विश्वासत हुन बताए। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको सिस्डोलभन्दा करिब दुई किलोमिटर अगाडि बञ्चरेडाँडा रहेको छ।

ल्याण्डफिलड साइट एक हजार १७ सय रोपनी जमिनमा निर्माण हुँदै छ। काठमाडौं महानगरपालिकाका, ललितपुर महानगरपालिकासँगै १८ वटा नगरलालिकाले सिस्डोलमा फोहोर राख्दै आएका थिए। जापान सहयोग नियोग (जाइका)ले बनाएको डिजाइनअनुसार ल्याण्डफिलड साइट निर्माण गर्न एक अर्ब ५६ करोड रकम खर्च हुँदै छ। निमार्ण सम्पन्न भएपछि उपत्यकाको फोहोर २० वर्षसम्म धान्न सक्ने क्षमताको हुने बताइएको छ।

प्रकाशित: २० पुस २०७६ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App