भक्तपुर– भक्तपुरको सिपाडोलबासी आफ्नो क्षेत्रको ढल व्यवस्थापनमा आफैं जुटेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलबासीले शनिबार उदघाट्न गरी ढल व्यवस्थापनको काम थालेका हुन्।
आदर्श मार्गदेखि कृष्ण मन्दिर जाने सडकको दायाँंबाया घरधुरीहरु तथा जग्गाहरुमा ढल व्यवस्थापन कार्यको शुभारम्भ गरिएको हो। भक्तपुरको सूर्यविनायक र जगातीकोवीचको आदर्श वसस्टपको माथि बागमति क्लबदेखि कृष्णमन्दिरसम्मको आदर्श मार्गको एक किलोमिटर खण्डमा ढल व्यवस्थापनको काम थालेका हुन्।
काम थाल्नुअघि स्थानीयले यसअघि नै सिपाडोल क्षेत्र ढल व्यवस्थापन समाज गठन गरेका थिए। स्थानीय वालकृष्ण सापकोटाको अध्यक्षमा ११ सदस्यीय समिति गठन गरिएको छ।
प्रकाशित: १९ पुस २०७६ ०९:१८ शनिबार