समाज

नौ करोडको लागतमा गाउँपालिका भवन

दुलेगौँडा(तनहुँ)– जिल्लाको घिरिङ गाउँपालिका नौ करोड ११ लाख रुपैयाँको लागतमा पाँच ब्लक रहने गरी तीन तलाको भवन बनाउन सुरु गरेको छ।

बहुबर्षीय योजनाको पहिलो चरणमा बजेटको सिमितताले तीन ब्लकको एक तलाको भवन मात्र तयार हुने गाउँपालिका अध्यक्ष रनबहादुर रानाले बताए। 

यस्तै गाउँपालिकाले यो बर्ष सवै वडा कार्यलयको भवन बनाउँदै छ। यहाँ ५ वटा वडा रहेका छन्। प्रत्येक वडालाई भवन निर्माणमा २८ लाख ८० हजार रुपैयाँका दरले वितरण गरिएको छ।

स्थानीय तहले धमाधम आफ्नै भवन निर्माण गर्न थालेका छन्। अस्थायी रुपमा भाडाको घरबाट प्रशासनिक काम सञ्चालन गर्दे आएका जनप्रतिनिधीहरु आधा कार्यकाल पछि आफ्नै भवन निर्माण जुटेका हुन्। 

स्रोतसाधनको अभाव, जग्गा व्यवस्थापनमा ढिलाईले आधा कार्यकालसम्म भवनविहीन गाउँका सिंहदरबार आफ्नै भवन निर्माणमा जुटेका छन्।

प्रकाशित: १५ पुस २०७६ १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App