समाज

ढिस्कोले डोजर च्यापिँदा चालकको मृत्यु

च्यापिएको डोजर । तस्बिर नागरिक

रोल्पा- रोल्पामा सडक खन्दै गरेको जेसिबी (डोजर) माथि ढिस्को खस्दा चालकको मृत्यु भएको छ। बा २ क ५१२९ नम्बरको डोजर पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–५ माबाङमा व्याक कटिङ गरिरहेको अवस्थामा आइतबार दिउँसो जेसिबीमाथि ढिस्को खसेको थियो।

ढिस्कोले च्यापिएर झिम्रुक गाउँपालिका–६ प्यूठानका अन्दाजी ४९ वषिय चालक हेपेन्द्र नगरकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घाइते भएका नगरकोटीलाई उपचारका लागि सुलिचौर लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो।

नगरकोटीको शवको पोष्टमार्टम गर्ने तयारी भईरहेको प्रहरी निरीक्षक लिलाराम आचार्यले बताए। सुलिचौर–पोबाङ थवाङ सडक खण्डको माबाङमा सडक खन्दै गर्दा एक्कासी खसेको ढिस्कोले जेसिबीमासमेत क्षति पुगेको छ।
 

 

प्रकाशित: १३ पुस २०७६ १०:२७ आइतबार

ढिस्को डोजर चालक