समाज

हिमपात हुन थालेपछि कृषक खुसी

फाइल तस्बिर

मुगु- छायानाथ रारा नगरपालिका वडा नम्बर ३ कि कृषक सरस्वती कार्की  बिहीबार निकै खुसी देखिएकी थिईन। किन भने उनले खेतवारीमा छरेको जौं गहुँ राम्रोसंग उम्रिने र बारीमा हालेका प्लाष्टिक टनेल भित्रको तरकारी सप्रिनेमा उनी खुसी थिईन्।

कार्की जस्तै अहिले जिल्लाभरका कृषक खुसी छन्। किनभने अघिल्लो वर्ष भन्दा यो वर्ष एक महिना अगावै हिमपात भएका कारण हिउँदेबालीको उत्पादन राम्रो हुनेमा कृषकहरु आशावादी छन्। विशेष गरि अहिले खेतवारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यहि बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ। अहिले समयमा नै वर्षा भएकाले सुख्खा जमिनमा छरिएको जौं, गहुँ राम्रैसंग उम्रिने, विषेश गरि उम्रेको बाली नष्ट गर्ने फट्याँग्रा लगायतका किरा मर्ने र हिउँदे बाली तथा तरकारीको उत्पादनमा पनि बृद्धि हुने कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढाले जानकारी दिए। यो बेला भएको वर्षाले  फागुन चैत्रसम्म माटोको चिस्यान समेत कायमै राख्ने भएकाले पनि हिउँदे बाली तथा फलफुलको उत्पादन राम्रो हुने कृषि विकास कार्यालयले जनाएको छ।

 वर्षाका कारण जिल्लाका उच्च हिमाली क्षेत्रमा पर्ने मुगु, डोल्फु, चिताई लगायतका दर्जन बढि वस्ती प्रभावित बनेका छन् भने सदरमुकाममा समेत बढेको चिसोले जन जीवन प्रभावित बनेको छ। अघिल्लो हिउँदमा माघको पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिना अगाडी नै हिमपात सुरु भएको हो।

प्रकाशित: २६ मंसिर २०७६ १०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App