समाज

कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप

खोटाङ- खोटाङमा महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेकोे भन्दै एक कर्मचारीविरुद्ध अदालतमा मुद्धा परेको छ। यौन दुर्व्यवहार गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत शेखर ढकालविरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भएको हो। ढकालविरुद्ध नगरपालिकामै कार्यरत महिला कर्मचारीले यौन दुव्र्यवहार सम्वन्धी मुद्धा दर्ता गरेको जिल्ला अदालतले जनाएको छ।

कर्मचारीका रुपमा गत जेठ २ गते नगरपालिकामा आएकी विवाहित महिलामाथि ‘भनेको माने सबै सेवा सुविधा उपलव्ध गराउने’ भन्दै विभिन्न बाहनामा शरीरमा स्पर्श गर्न खोज्ने, कार्यस्थलमै जिस्काउने, कार्यालयमा एक्लै भएको अवस्थामा ‘आउँछु’ भन्दै फोन गर्ने, एकान्तमा जाउँ भन्ने, संवेदनशिल अंग छुन प्रयास गर्ने लगायतका अस्वभाविक र अमर्यादित व्यवहार गरिएको अदालतमा दिइएको फिराद–पत्रमा उल्लेख छ। आरोपित ढकाल लेखा अधिकृत हुन्।

दुव्र्यवहारको विषयमा गत साउनमा नगरपालिकाको न्यायीक समितिमा समेत उजुरी दर्ता गराएकी महिलाले केही समयपछि अदालतमै मुद्धा दिएकी हुन्। महिला सहकर्मीमाथि भएको दुर्व्यवहारका विषयमा गत मंसिर २ गतेको नगरपालिकामा कार्यरत कर्मचारीको बैठकमा छलफल भएको र दोषीलाई कारबाहीका लागि माग गर्ने निर्णयसमेत पारित गरेको जनाइएको छ। उनले इज्जत, प्रतिष्ठा र नैतिक चरित्रमाथि नै आँच पु-याइएकाले मुलुकी अपराध संहिता २०७४ को दफा २२४ को उपदफा (१) र (२) बमोजिम अन्याय गरेको भन्दै न्यायीक उपचारका लागि अदालत पुगेको बताएकी छन्।

गत जेठ २० गते कोठामै दुर्व्यवहार भएपछि महिलाले मेयर इवन राईलाई कार्यकक्षमै गएर आफ्नो समस्या दर्साएकी थिईन्। दुर्व्यवहारको विषय मेयरको टेवलमा पुगेपछि दुव्र्यवहार हुन छाडेको महिलाको भनाई छ। तर, तत्कालै कानुनी कारबाहीमा जानुपर्ने महिला किन यतिञ्जेलसम्म ‘होस्टाइल’ भईन् भन्ने विषय भने खुल्न सकेको छैन्। न्यायीक समितिमा उजुरी परेपछि छलफल गराउने तयारीकै बीचमा उनी ढिलागरी अदालत पुगेकी हुन्।

दुर्व्यवहारमा परेको घटना बाहिरिएपछि केही पुरुष कर्मचारीले समेत चारित्रमाथि प्रश्न उठाउँदै मानसिक तनाव दिने गरेको महिलाको गुनासो छ। आरोपित ढकालले भने कसैलाई दुव्र्यवहार नगरेको बताए। उनले कार्यक्रमको बजेटका सम्बन्धमा सामान्य विवाद भएको तर आपसी सहमती भइसकेको जनाए। 

प्रकाशित: ९ मंसिर २०७६ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App