समाज

एक/एक करोड धरौटीमा छाड्ने आदेश

काठमाडौं – सर्वोच्च अदालतले बैंकिङ कसुर मुद्दामा बैक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित एक पूर्वकर्मचारीलाई किरणकुमार बोहरालाई जनही एक करोड रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले दुवैजनालाई दुई करोड धरौटीमा छोड्न आइतबार आदेश गरेको हो। बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएको थियो। उनीहरु ऋण दिने क्रममा नक्कली धितोमा कीर्ते गरेको अभियोगमा पक्राउ परेका थिए।

उच्च अदालतको आदेशविरुद्ध श्रेष्ठ र बोहोराले थुनाबाहिरै बसेर मुद्दाको प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए। मुद्दा पुर्पक्ष गर्न थुनामा राख्ने आदेश बदर मागअनुसार सर्वोच्चले धरौटीमा छाड्न आदेश गरेको हो।

प्रकाशित: ९ मंसिर २०७६ ०२:२१ सोमबार

धरौटी आदेश बैंकिङ_कसुर