बैतडी- मोटरसाइकलको ठक्करबाट शुक्रबार घाइते भएका एक वृद्धाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–३ पन्सेराका ६० वर्षीया तुलसी खत्री छन्।
गोकुलेश्वर–गन्ना सडकखण्डको पन्सेरामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी खत्रीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले बताएको छ।
गम्भीर घाइते खत्रीलाई सुरुमा उपचारका लागि दार्चुलाको गोकुलेश्वर अस्पतालमा पठाइएको र त्यसपछि धनगढी रेफर गर्दा त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगञ्ज लान लागिएको थियो।
गोकुलेश्वरबाट गन्ना जाँदै गरेको म२प २८२० नंको मोटरसाइकले पैदलयात्री खत्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।
मोटरसाइकल चालक बिपिन नाथ फरार छन्। मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा छ।
प्रकाशित: ७ मंसिर २०७६ ०७:११ शनिबार