समाज

सवारी दुर्घटनामा दुईको मृत्यु

बाँके- ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको मृत्यु भएको छ। मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ।

गएराति दुई बजे ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २४ वर्षका सुमनकुमार थारु र १५ वर्षका सञ्जीव धम्लहवाको मृत्यु भएको हो।

राप्ती सोनारी गाउँपालिका–७, फत्तेपुरस्थित राधाकृष्ण मन्दिर चोक नजिकै भे १ त २९०१ नं को ट्र्याक्टर र म २ प ७०३४ नं को मोटरसाइकल ठोक्किँएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याउँदै गर्दा दुवै जनाको मृत्यु भएको थियो।

ट्र्याक्टरका चालक फरार छन्।
 

प्रकाशित: २३ कार्तिक २०७६ १०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App