समाज

एकादशीमा शुक्लागण्डकीको सार्वजनिक विदा

दुलेगौँडा, (तनहुँ)- तनहुँको शुक्लागण्डकी नगरपालिकाले कातिक २२ गते हरिबोधनी एकादशीमा सार्वजनिक विदा दिने भएको छ। नगर कार्यपालिकाको बैठकले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत देवबहादुर अधिकारीले बताए।

उनका अनुसार नगरपालिका मातहातका कार्यालय र शैक्षिक संस्थाहरु बन्द हुनेछ। शुक्लागण्डकीमा हरबोधनी एकादशीको विशेष महत्व भएकाले विदा दिइएको उनले बताए।

यहाँको सेती नदी किनारमा एकादशीको दिन विशेष मेला लाग्दछ। सेती नदीमा तोरण तार्ने, स्नान गर्ने र हस्तकलाका सामाग्री खरिदबिक्री गर्नेको घुँइचो लाग्दछ। 
यसअगाडी जिल्लाको व्यास र भानु नगरपालिकाले स्थानीय तहमा सार्वजनिक विदा दिएका थिए। व्यासले हरितालिका तीज र भानुले भानु जयन्तीमा सार्वजनिक विदा दिएका हुन्।

प्रकाशित: २० कार्तिक २०७६ १३:३५ बुधबार

शुक्लागण्डकी_नगरपालिका हरिबोधनी_एकादशी सार्वजनिक_विदा