समाज

नेपालको हवाई क्षेत्रमा सम्बन्ध विस्तार गर्ने इन्डोनेशियाको चाहना

काठमाडौं– इन्डोनेशिया सरकार नेपालको हवाई उडानको क्षेत्रमा सम्बन्ध विस्तार गर्न ईच्छुक देखिएको छ। नेपालका लागि इन्डोनेशियाका राजदुत रीना सेमार्नोले इन्डोनिया सरकार नेपालसँग हवाईजहाज र त्यसका पार्टपूर्जा, पर्यटन व्यवसाय, कोइला र खाद्यान्नलगायतका व्यवसायिक सम्बन्ध विस्तार गर्न तत्पर रहेको बताएकी छिन्।

नेपाल–इन्डोनेशिया विजनेश फोरम’ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालसँग व्यापारिक सम्बन्ध अझै मजदुत बनाउन आफ्नो मुलुक लागि परेको पनि बताइन्। राजदुत सेमार्नोले नेपालले पनि आफ्नो मुलुकबाट हिन्दु र बौद्धमार्गी धार्मिक पर्यटक तथा हिमाल, पहाड र संस्कृति हेर्न नेपाल आउने पर्यटकहरुबाट फाईदा लिन सक्ने पनि बताइन्। टापुको देश र हिमालको देश जोडिए त्यसले दुवै देशलाई लाभ दिने राजदुत सेमार्नोको विश्वास थियो।

कार्यक्रममा नेपालका लागि इन्डोनेशियाका अवैतनिक दूत तथा व्यवसायी चन्द्र ढकालले विगत एक दशकमा इन्डोनेशियाले गरेको आर्थिक प्रगतिबाट नेपालले सिक्न सक्ने धारणा राख्नु भएको थियो। कार्यक्रममा दुवै मुलुकका व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित: २० कार्तिक २०७६ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App