समाज

कुवामा डुबेर पुरुषको मृत्यु

फाइल तस्वीर

वालिङ– कुवामा डुबेर बुधबार बिहान एक पुरुषको मृत्यु भएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ भुष्टुङमा रहेको कुवामा डुबेर अन्दाजी ५४ वर्षीय सोमबहादुर कामीको मृत्यु भएको हो।

गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाका अनुसार कामी डुविरहेको अवस्थामा फेला परेका हुन्। गुल्मीको सत्यवती गाउँपालिका लुम्पेकका कामी विगत झण्डै १०/१२ वर्षदेखि भुष्टुङमै बस्दै आएका स्थानीय चोलाकान्त पाण्डेले बताए।

कुवामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनाको कारण खुल्न सकेको छैन। रासस

प्रकाशित: २० कार्तिक २०७६ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App