समाज

पाटे बाघको आक्रमणबाट हात्ती चालकको मृत्यु

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती चराउने क्रममा बाघको आक्रमणमा परी एक जना माउते (हात्ती चालक)को मंगलबार मृत्यू भएको छ। ठाकुरबाबा नगरपालिकाका ४२ वर्षीय मंगरे थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीलाई निकुञ्ज भित्र चराउने क्रममा गैडा मचान निजक थारुलाई पाटे बाघले आक्रमण गरेको निकुञ्जले जनाएको छ। बाघले आक्रमण गरेर बेपत्ता पारेको माउतेको शव बाघ टापुमा भेटिएको निकुञ्जका संरक्षण अधिकृत अणनाथ बरालले पुष्टि गरे।

‘हात्तीलाई दुई जना माउते चराउन गएका थिए,’ उनले भने, ‘एक जनालाई बाघले आक्रमण गरेर बेपत्ता पारेपछि निकुञ्जले खोजी तिब्र पारेको थियो।’ मृतक थारुको शव क्षतबिक्षत अवस्थामा निकुञ्ज भित्रको बाघ टापुमा फेला परेको उनले जानकारी दिए।

प्रकाशित: १९ कार्तिक २०७६ ०९:५१ मंगलबार

पाटे_बाघ आक्रमण मृत्यु