समाज

सांस्कृतिक विरासतलाई जोगाइराख्नु पर्नेमा जोड

काठमाडौं- प्रदश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले नेपालबाट नै चार आध्यात्मिक आयामको विकास भएको बताएका छन्। ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख श्रेष्ठले आन्तरिक चेतनाको विकास गर्नु नै वास्तविक दीपावली मनाउनु हो भने।

शरीररुपी मन्दिरमा रहेको चेतनारुपी ज्योतिको उजागर गराउने पर्व नै भाइटीका हो भन्दै उनले नेपालको सांस्कृतिक विरासतलाई जोगाइराख्नु पर्नेमा जोड दिए।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगी राज दिदीले ज्ञान प्रकाशले जागृत मनस्थितिबाट मात्रै स्वभाव संस्कारलाई परिवर्तन गरी पुनः सुखद, समृद्ध र सभ्य संसारको निर्माण गर्न सकिने भएकाले प्रत्येकको जीवनमा दैवी मूल्य र आचरणको खाँचो औँल्याए।

नर्वेजियन विश्वविद्यालयका प्रा. डा. विशाल सिटौला, ब्रह्माकुमार रामसिंह ऐर, तिलकबहादुर शाही, किशोर मल्ललगायतले प्रकाश बिना संसार अन्धकारमय हुने हुँदा ज्ञान (सरस्वती), धन (लक्ष्मी), वुद्धि विवेक (गणेश) प्राप्तिका लागि सबै लाग्नुपर्ने धारणा राखे। रासस

प्रकाशित: १० कार्तिक २०७६ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App