समाज

वृद्धाश्रमलाई खाद्यान्न

सिन्धुपाल्चोक – ६६औं स्थापना दिवसको अवसरमा तरुण दल सिन्धुपाल्चोकले सदरमुकामस्थित चौतारा वृद्धाश्रम सेवा समितिमा आश्रित वृद्धवृद्धालाई खाद्यान्न वितरण गरेको छ।

तरुण दलले वृद्धाश्रममा रहेका सहयोगीसहित १२ वृद्धावृद्धाका लागि दुई महिनालाई पुग्ने चामल, दाल, चिनी, बिस्कुटलगायत खाद्यान्न वितरण गरेको हो।

दलका जिल्ला अध्यक्ष दोर्जे लामा हाउडेले वृद्धाश्रमलाई खाद्यान्न हस्तान्तरण गरे। उनले वृद्धवृद्धालाई जाडोमा न्यानो बनाउने एक÷एक थान पछ्यौरीसमेत पहि¥याएका थिए।

प्रकाशित: ८ कार्तिक २०७६ ०१:२१ शुक्रबार

तरुण_दल खाद्यान्न वृद्धाश्रम