समाज

भक्तपुरको बोडेमा अवैध यौनधन्दा चलाउने तीन जना जेल चलान

भक्तपुर– भक्तपुरको मध्यपुर थिमि बोडे सिन्टीटारमा विभिन्न स्थानहरुबाट महिला तथा किशोरीहरुलाई प्रलोभनमा पारी उक्त स्थानसम्म ल्याएर यौनशोषण गर्न विभिन्न ब्यक्तिहरु बोलाई बेश्यावृत्तिमा समेत लगाउने अभियोगमा पक्राउ परेका तीन जना जेल चलान भएका छन्। मध्यपुर थिमि नगरपालिका वडा नं ९ स्थित श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापतिको घरमा डेरा लिई उक्त अभियोगमा पक्राउ परेकाहरु उनीहरुलाई जेल चलाउन गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ। 

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा गत भदौ २३ गते नै पक्राउ परेका उनीहरु तीन जनालाई जेल पठाइएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए।

स्थानीय पीडितले प्रजापतिले भाडामा लिएको घरमा विभिन्न स्थानहरुबाट महिला तथा किशोरीहरुलाई प्रलोभनमा पारी उक्त स्थानसम्म ल्याएर यौनशोषण गर्न विभिन्न ब्यक्तिहरु बोलाई मादक पदार्थ सेवन गराई प्रभाव पारी प्रत्यक्ष आर्थिक फाईदा लिने उद्देश्यले बेश्यावृत्तीमा समेत लगाउने गरेको भन्ने भदौ २३ गते दिएको जाहेरीको आधारमा सोही दिन प्रहरीले तीनै जनालाई पक्राउ गरी अनुसन्धान कार्य सम्पन्न गरेपश्चात जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले तीनै जनालाई पुर्पक्षका लागी थुनामा राख्ने फैसला गरेपछि जेल चलान गरिएको जनाइएको छ। 

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगडी नगरपालिका–६ मेलचोक घर भई हाल भक्तपुर मध्यपुर थिमि नगरपालिका–९ बोडेमा डेराकोठा गरी बस्ने २५ वर्षीय संजय भन्ने राजेश गिरी, भक्तपुर मध्यपुर मध्यपुर थिमि नगरपालिका चपाचो घर भइ भई हाल मध्यपुर थिमि नगरपालिका–९ बोडे बस्ने ५० वर्षीय श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापति र धादिङ फुलखर्क गाउँपालिका–४ घर भई हाल भक्तपुर मध्यपुर थिमि नगरपालिका–९ बोडेमा डेरा कोठा गरी बस्ने २९ वर्षीया सोनिया तामाङ भन्ने सबिना तामाङ (गुरुङ) रहेको जनाइएको छ। भक्तपुर जिल्ला अदालतले पूर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं चलान गरेको जनाइएको छ।

प्रकाशित: २ कार्तिक २०७६ १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App