समाज

एनआरएनएको अध्यक्षमा पन्त

काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। यद्यपी आधिकारिक घोषणा भने भएको छैन।

पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन। नयाँ कार्य समितिको घोषणा भने केही बेरमा निर्वाचन मण्डल गर्ने छ।

स्रोतका अनुसार कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ  निर्वाचित भइसकेका छन्। जर्मनीमा व्यवसाय गर्दै आएका पन्त गोरखामा जन्मिएका हुन्।

प्रकाशित: १ कार्तिक २०७६ ०५:०६ शुक्रबार

एनआरएनए कुमार_पन्त