समाज

भक्तपुरमा युवतीको सामूहिक बलात्कार, अभियुक्त जेल चलान

भक्तपुर– २८ बर्षीय युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका दुई व्यक्तिलाई जेल चलान गरिएको छ। गत असोज ३ गते राति साढे आठ बजेको समयमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित जंगलमा ती युवतीलाई जवरजस्ती गर्ने उनीहरुलाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

अपरिचित दुई ब्यक्तिले २८ बर्षिय युवतीलाई जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा खोजतलास गर्ने क्रममा सिसीटीभी क्यामरामा देखिएको हुलियाको आधारमा अभियुक्तहरुको पहिचान गरी असोज ४ गते बिहान दुबै जनालाई पक्राउ गरिएको थियो।

उनीहरुविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान कार्य सम्पन्न गरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेश अनुसार अभियुक्त भक्तपुर जिल्ला सूर्यबिनायक नगरपालिका ७ किवाचोक बस्ने बर्ष १९ को सन्तोष माकजुलाई पुर्पक्षको लागि थुनामा राख्न डिल्लीबजार कारागार पठाईएको प्रहरीले जनाएको छ। 

अर्का नाबालक बाल बिज्याँईकर्तालाई अभिभावकको जिम्मा लगाई तारेखमा छोडिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए। पीडित महिलालाई संरक्षण गृहमा राखिएको छ। 

प्रकाशित: ३० आश्विन २०७६ १३:५१ बिहीबार

सामूहिक_बलात्कार भक्तपुर अभियुक्त जेल_चलान