समाज

बाख्रा चराउन जाँदा हात्तीको आक्रमणमा परेर एकको मृत्यु, एक जनाले भागेर ज्यान जोगाए

कञ्चनपुर– हात्तीको आक्रमणमा परेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एक जनाको मृत्यु भएको छ। एक जनाले भने भागेर ज्यान जोगाएका छन्। 

मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का ६५ वर्षीय बलदेव बोहरा धामी रहेका छन्। बुधबार अपराह्न घरनजिकैको सिद्धबैजनाथ सामुदायिक वनमा बाख्रा चराउने क्रममा आएको हात्तीको बथानले आक्रमण गर्दा बोहराको घटनास्थलमै मृत्यु भएको शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता जगतबहादुर सिंहले जानकारी दिए। 

धामीसँगै बाख्रा चराउन गएका ३६ वर्षीय नारायण सार्कीले भने भागेर ज्यान जोगाएका छन्। 

शुक्लाफाँटा नगरपालिकामा पछिल्लो एक महिनायता २०/२५ हात्तीको बथानले आतंक मच्चाउँदै आएको छ। किसानको धानवाली नष्ट तथा घरहरुमा समेत क्षति पुर्याएको छ। 

प्रकाशित: २९ आश्विन २०७६ १२:३७ बुधबार

हात्ती_आतंक शुक्लाफाँटा_नगरपालिका मृत्यु