समाज

दुर्घटनामा वृद्धाको मृत्यु

काठमाडौं- ललितपुरमा आज बिहान भएको सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए। 

उक्त दुर्घटनाको बसका चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ। रासस    
 
   

प्रकाशित: १५ आश्विन २०७६ ०८:५७ बुधबार

वृद्धा मृत्यु