समाज

२३ देशमा नेपाली रक्तदाता संघ

काठमाडौं – फ्रान्समा नेपाली रक्तदाता संघ गठन भएसँगै अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ २३ देशमा विस्तार भएको छ। गैरआवासीय नेपालीबीच रक्तदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न देशमा संघ विस्तार गरिएको हो।

नेपाली रक्तदाता संघ फ्रान्सका अध्यक्ष अनिस त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना दिँदै रक्तदानजस्तो मानवीय कामले कसैलाई विभेद नगरी सबैलाई जोड्ने बताए।

कार्यक्रममा एनआरएनए फ्रान्सका अध्यक्ष नरेन्द्र शाही, अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्याल, उपाध्यक्ष एभरेस्ट गौतमसहितले मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: १५ आश्विन २०७६ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App