समाज

यौन दुर्व्यवहारबारे प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं- सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। सोमबार एक महिलाले महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएकि थिइन्। आरोप पछि त्यसको खण्डन गरेका महराले आज मध्यान्ह छानविनलाई सहयोग गर्ने भन्दै राजीनामा दिइसकेका छन्।

यौन दुर्व्यवहार भएको भनिएकि महिलाको कोठामा रहेका सामानहरु प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। यस्तै प्रहरीले कल डिटेल र सामाजिक सञ्जालमार्फत भएका कुराकानीबारे समेत अनुसन्धान थालेको छ।

सोमबार सञ्चारमाध्यमबाट ति महिलाले महराले रक्सीले मात्तिएर आफ्नो डेरामा आएर दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

 

 

प्रकाशित: १४ आश्विन २०७६ ०८:५५ मंगलबार

सभामुख बलात्कार अनुसन्धान