समाज

सिराहमा चाडपर्व लक्षित सुरक्षा योजना

लाहन– चाडपर्वलाई लक्ष्य गरी सिरहामा सोमबारदेखि विशेष सुरक्षा योजना लागू गरेको छ। विजयादशमी, तिहार, छठलगायत चाडपर्वलाई लक्ष्य गरी जिल्ला प्रहरी कार्यालयले सुरक्षाको विशेष कार्ययोजना लागू गरेको हो। 

सीमादेखि गाउँ, टोल तथा शहरी क्षेत्रमा सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। चाडपर्व अवधिभर लुटपाट, चोरी, तस्करी, सवारी दुर्घटना, पटका तस्करी, कालाबजारी, हिंसात्मक घटना हुन नदिन प्रहरी परिचालन गरिएको उनले बताए।

सुरक्षा योजनाअन्तर्गत राजमार्ग क्षेत्र तथा ग्रामीण क्षेत्रमा पाँच सयभन्दा बढी प्रहरी परिचालन गरिएको उनको भनाई छ। रासस

प्रकाशित: १३ आश्विन २०७६ ०७:३८ सोमबार

विशेष_सुरक्षा_योजना सिरहा