समाज

वृद्धाश्रम निर्माणका लागि छ करोडको जग्गादान

काठमाडौं– काठमाडौँ महानगरपालिका–४ धूम्रबाराहीमा वृद्धाश्रम निर्माणका लागि छ करोड रुपैयाँ मूल्य बराबरको १२ आना दुई पैसा दुई दाम जग्गादान गरिएको छ।

लायन्स क्लब अफ काठमाडौँ धूम्रबाराहीले निर्माण गर्न लागेको लायन वृद्धाश्रम भवन निर्माणका लागि स्थानीयवासी बलरामप्रसाद चापागाईँले जग्गादान गरेका हुन्। 

जग्गादानसँगै वृद्धाश्रमको भवन निर्माणका लागि शिलान्यास गरिएको छ। उक्त भवनका जग्गादाता चापागाईँं, काठमाडौँ महानगरपालिका–४ का अध्यक्ष मोहन विष्ट र लायन्स क्लब डिस्ट्रिक ३२५ ए २ को गभर्नर शोभा जोशीले संयुक्तरूपमा शिलान्यास गरेका हुन्।

दुई करोड रुपौयाँ लागतमा बन्ने भवन साढे दुईतले हुने भवन निर्माण समितिका संयोजक धनराज बडालले जानकारी दिए। रासस

प्रकाशित: १२ आश्विन २०७६ ०९:२६ आइतबार

वृद्धाश्रम जग्गादान