समाज

डोजरले च्यापिएर एकको मृत्यु

सोलुखुम्बु - सोलुखुम्बुको गोराखानीमा डोजरले च्यापेर एक व्यक्तिको मृत्यु भएको छ। सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानी स्थित धारापानी भन्ने स्थानमा सडक स्तरउन्नती गर्ने क्रममा डोजर पछ्याउदा गम्भिर घाइते भएका स्थानीय वर्ष ४८ का दावा तामाङको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको हो।

मृतक तामाङ मादकपदार्थ सेवन गरी डोजर पछ्याएको र चालकले नदेख्दा डोजरले च्याप्न पुगेको वडाअध्यक्ष काजी शेर्पाको भनाई छ। घाइते तामाङको गोराखानी स्वास्थ्यचौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको हो। घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०७६ ०८:१० मंगलबार

डोजर