समाज

मेयरको घरमा बम, सेनाले गर्‍यो डिस्पोज

माई नगरपालिकाका मेयर दीपककुमार थेबेको बम राखिएको घर । तस्बिर : सामाजिक सञ्जाल

इलाम– माई नगरपालिकाका मेयर दीपककुमार थेबेको घरमा अज्ञात समूहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ।

माई नगरपालिका–२, दानाबारीमा रहेको मेयर थेबेको घरको कम्पाउन्डमा राखेको कुकर बम बिहान ७ बजे घर–परिवारले देखेर प्रहरीलाई खबर गरेका थिए। 

झापाको चारआलीबाट आएको नेपाली सेनाको टोलीले साढे ११ बजेतिर बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए। घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर सन्तोष बुढाथोकीको नेतृत्वको टोली दानाबारी गएको थियो। ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ डिएसपी क्षेत्रीले भने। 

प्रकाशित: ६ आश्विन २०७६ १४:०४ सोमबार

बम मेयर अज्ञात_समूह डिस्पोज नेपाली_सेना