समाज

पत्रकार सम्मेलनबाटै ज्ञानेन्द्र शाहीलाई ल्याइयाे प्रहरी परिसर

ज्ञानेन्द्र शाही। फाइल तस्बिर

काठमाडौं - आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले पत्रकार सम्मेलनबाटै सुरक्षाकाे लागि नियन्त्रणमा लिएकाे छ। ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएकाे ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

उनीमाथि आक्रमण हुनसक्ने भन्दै सुरक्षाका लागि नियन्त्रणमा लिएकाे राइले बताए। 'पत्रकार सम्मेलनमा हुलहुज्जत भयो। विवाद चर्किने देखेपछि हामीले सुरक्षाका लागि परिसरमा राखेका छौं।' उनले भने

शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै शाहीले मन्त्री विरोध जनाएका थिए। सोही विषयमा उनले आइतबार पत्रकार सम्मेलन गरेका थिए।

प्रकाशित: २९ भाद्र २०७६ ०८:१३ आइतबार

ज्ञानेन्द्र_शाही पत्रकार_सम्मेलन सुरक्षा प्रहरी