समाज

ग्यास सिलिण्डर विस्फोट, चार घर नष्ट

धादिङ - विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ । लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो ।

ग्यास सिलिण्डर विस्फोटबाट च्याङ्बा तामाङ र दमाइ तामाङको घर जलेर पूर्णरुपमा नष्ट भएको उद्धारमा संलग्न राजकुमार भण्डारीले बताउनुभयो । यससँगै रहेका अन्य दुई घरमा पनि आंशिक क्षति पुगेको छ ।

वृद्धवृद्धा मात्र बस्ने घरमा ग्यास चुहावट भई आगलागी भएको र सोही ग्यास सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

प्रकाशित: २० भाद्र २०७६ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App