समाज

एटीएमबाट पैसा चाेरेर कहाँ राख्थें चिनियाँ नागरिक?

काठमाडाैँ - अनाधिकृतरुपमा एटीएमबाट पैसा निकालेर चिनियाँ नागरिकहरुले  होटलमा राख्ने गरेको खुलासा भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ परेपछि पैसा होटलमा राख्ने गरेको खुलासा भएको हो ।

परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले भने,‘सुरुमा एटीएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेपछि सोही स्थानमा पैसा बरामद भएको हो।’

पक्राउ परेकासँग प्रहरीले एक करोड २६ लाख२९ हजार नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर पक्राउबारे जानकारी दिने बताएको छ ।

प्रकाशित: १५ भाद्र २०७६ ०४:५३ आइतबार

एटीएम चिनियाँ_नागरिक