समाज

चट्याङबाट एकको मृत्यु

फाइल फोटो

सप्तरी–शम्भुनाथ नगरपालिका–६ वस्लपुरको पानीट्याङ्की  नजिक चट्याङ  लागेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–९ लक्ष्णपट्टीका ६० वर्षीय राजेन्द्र मण्डल रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जनकारी दिएको छ। घटनाका बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस

प्रकाशित: १४ भाद्र २०७६ १३:१७ शनिबार

चट्याङ मृत्यु सप्तरी