समाज

धर्म परिवर्तनले समाज कमजोर बन्छ: थापा

फाइल तस्बिर

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म परिवर्तन गराउने क्रम नरोकिए मुलुक कमजोर हुने बताएका छन्।  धर्म र संस्कृतिमाथि योजनाबद्ध किसिमबाट आक्रमण भइरहेको बताउँदै सनातन धर्म र संस्कृतिलाई संरक्षण गर्नु उनले बताए।

हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै धर्म निरपक्षताको नाममा धर्म परिवर्तन गराउने काम भइरहको बताए।  उनले भने, ‘धर्म निरपक्षताको नाममा विगत केही वर्षदेखि हिन्दु धर्म र संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको छ,’।

  धर्म, संस्कृतिको आधारबाट नेपालको समाज एकतावद्ध भएको उनको भनाइ थियो।  धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक धार्मिक द्वन्द्वमा फस्ने उनले बताए।  धर्म परिर्वतनलाई सरकारले नियन्त्रण गर्नुपर्ने उनको माग थियो।

प्रकाशित: १२ भाद्र २०७६ ०१:३६ बिहीबार

धर्म_परिवर्तन कमल_थापा तीज