समाज

बर्दियामा बाघकाे आक्रमणबाट वृद्धकाे मृत्यु

बर्दिया - बर्दियाको ठाकुरबाबा नगरपालिकामा बाघले आक्रमण गर्दा एक वृद्धको मृत्यु भएको छ।  ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ स्थित आफ्नै घरमा बाघको आक्रमणबाट ७० वर्षीय पाहारी थारुको ज्यान गएको हाे।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बाघको आक्रमणबाट थारूको ज्यान गएको पुष्टि गर्दै भने, 'मृतक थारूको शरीरबाट रगत चुसेर बाघ जंगलमा पसेकाे छ।’

बाघ बर्दिया राष्ट्रिय निकुन्जबाट बस्तिमा पसेको हो। बाघको आक्रमणमा परी वृद्धको ज्यान गएपछि स्थानीय त्रसित भएका छन्। घटनास्थलमा प्रहरी पुगेको छ। यसअघि गेरुवा नगरपालिकामा पनि एक महिलाको बाघको आक्रमणबाट ज्यान गएको थियो।


 

प्रकाशित: ८ भाद्र २०७६ ०२:१५ आइतबार

ठाकुरबाबा_नगरपालिका बाघ