समाज

गेरुवामा पाटे बाघको आक्रमण त्रास

बर्दिया– गेरुवा गाउँपालिका ४ स्थित गोलाका महिलाको समूह सधै जसो विहीबार जंगली करेलो टिप्न कर्णाली नदीको गेरुवा भंगालोमा पुगेका थिए। करेला टिप्नसँगै गएकी ५६ बर्षीय मनकली शाही समूह बीचबाट हराइन्। समूह मध्यकी महिला साथीलाई खोज्दै पुग्दा पाटे बाघले शाहीलाई बोक्दै थियो। बाघले च्याप्प समातेकी शाही  चिच्याइन्। साहसी महिलाले बाघलाई पछ्याए। अन्ततः पाटे बाघ डरायो र भाग्यो। शाहीको सास नभए पनि लाश भेटियो। त्यसपछि पुगेका गाउँले होहल्ला गरे। 

गाउँलेले शब घर ल्याउन सफल भए। आक्रमणपछि आत्तिएका सर्बसाधरण बाघको आक्रमणमा पर्ने त्रास छ। महिलालाई आक्रमण गरेको केहि समयपछि बाघले तीन वटा गोरुलाई आक्रमण गरेको छ। स्थानीयका अनुसार वस्ती नजिक पाटे बाघ बसेको छ। बाघकै  कारण यतिखेर गेरुवा गाउँपालिका त्रस्त बनेको छ।

वस्ती नजिक बाघ बसेकाले सर्वसाधरण त्रसित भएको गेरुवा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत धर्मराज न्यौपानेले बताए। ‘बाघ आएको छ भन्ने त हल्ला पहिल्यै देखि गर्थे’, उनले भने, ‘यहाँ पनि बाघ के आउँला भन्ने सोचेका गाउँलेमाथि बाघले आक्रमण गर्यो।’ उनका अनुसार शाहीमाथि आक्रमण गरेको बाघले केही समयमा गोरुलाई आक्रमण गर्दा गाउँपालिका नै त्रसित बनेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज निस्केको पाटे बाघले आक्रमण गरेको उनी बताउँछन्।

स्थानीयलाई आक्रमण गर्छ कि भन्ने त्रासले त्यस क्षेत्रमा सजग रहन प्रशासन आग्रह गरेको छ। बाघ आक्रमण परे पनि त्यस क्षेत्रमा निकुञ्जको टोली घटनास्थल पुगेको छैन।

बाघको आक्रमण पछि वस्ती त्रसित बनेको शिक्षक लक्ष्मी पन्थीले बताइन्। ‘नदी छेउको खुला ठाउँमा गाई बस्तु चराउन र करेलो टिप्न जाने गर्छन’, उनले भनिन्, ‘गाउँ नजिक खुला ठाउँमा बाघले आक्रमण गरेपछि त्रसित भएका छौं।’ नजिकका वन(नर्सरी)मा जंगलको राजा पाटेबाघको हिँडडुल भईरहेको निकुन्जको कर्मचारी बताउँछन्। 

‘बाघको आक्रमण परेको मृत्यु भएको पहिलो पटक हो,’शिक्षक पन्थीले भनिन्, ‘आँखा अघि  डरलाग्दो तरिकाले बाघले आक्रमण परेको महिला देखेर स्थानीय डराएका छन्।’ बाघले महिलाको गर्धनमा आक्रमण गरेको छ। घाँटीमा चिथोरेका कारण शबमा घाँटीमै  ठूलो प्वाल देखिन्छ। क्षतबिक्षत अबस्थामा रहेका शब रगतले लतपतिएको  छ।

बाघको आक्रमण दोहोरिन सक्ने आंशकामा सचेत रहन प्रशासनले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताए। ‘बाघले महिलालाई आक्रमण गरेका केहि समयमा गाई बस्तुलाई आक्रमण गरेको छ’, उनले भने, ‘सर्वसाधरणलाई पुनः आक्रमण गर्न त्रास भएकाले बाघलाई बहोस बनाएर अन्यत्र सार्ने प्रक्रियामा प्रशासन लागेको छ।’ 

बाघको अनुगमनपछि नियन्त्रणमा लिने प्रमुख प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। ‘बाघले आक्रमण किन गर्यो भन्ने हामीलाई लागेको छ’, उनले भने, ‘बाघ सुत्केरी,अशक्त र बुढो भएको कारण आक्रमण गरेको पनि हुन सक्छ।’ शुक्रबार बिहान पुग्ने निकुञ्जको प्राबिधिक टोलीले क्यामरा ट्रापिङ गरेर अनुमन गर्ने उनले जानकारी दिए। 

प्रकाशित: ५ भाद्र २०७६ १६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App