समाज

दुई दिनमा बालुवासहित ९ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङ– खोटाङमा अवैध तरिकाले बालुवा ओसार पसार गरिरहेको अवस्थामा दुई दिनमा ९ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवा क्षेत्रबाट दुधकोसीको बालुवा निकालेर दिक्तेलतर्फ जाँदै गरेको अवस्थामा बुधबार ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले बिहीबार बालुवा लोड गरिएको थप तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको हो।

विधि र प्रकृया मिचेर नदीको बालुवा झिकेर बोकेर दिक्तेल आउँदै गरेको को २ त ५४०५, ना ४ त ५३६७ र को २ त ८७६८ नम्बरको लोड गरिएको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए। रावावेशी गाउँपालिका–३ लामीडाँडा वडा कार्यालयलाई प्रतिट्याक्टर ५ सय राजश्व बुझाएको रसिद बोकेर बालुवा ओसारिरहेको अवस्थामा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको हो। 

बालुवा लोड गरिएको ट्याक्टर जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको जिल्ला अनुगमन समितिको कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ। नुनथपा प्रहरीचौकीले बुधबार बालुवा लिएर आउदै गरेको ना ४ त ९१७२, को २ त ८२३८, ना ४ त ९६५५, ना ५ त ६६८३, को २ त १३८४ र को १ त ३८१२ नम्बरको ट्याक्टर नियन्त्रण लिएको थियो । असारदेखि भदौकोबीचमा जुनसुकै खोला तथा नदीबाट ढुंगा, गिटी, बालुवा लगायतका निर्माण सामग्री उत्खनन् गर्न नपाइने नेपाल सरकारको नियम अनुशार बालुवा ओसार–पसारमा प्रयोग भइरहेको ट्याक्टर नियन्त्रणमा लिइएको डिएसपी गौतमले बताए। ट्याक्टर चालकलाई भने सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र राखेर छाडिएको छ।

वाताबरणीय प्रभावकारी मूल्यांकन (आइईई) नगरी नदीबाट बालुवा निकासी गरेको पाइएकाले प्रहरीले ट्याक्टर र बालुवा जफत गरिएको जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला अनुगमन समितिका संयोजक बबी चाम्लिङले बताए। 

प्रकाशित: ५ भाद्र २०७६ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App