समाज

गोली केन्द्रबिन्दु बनाएर भूकम्प

सोलुखुम्बु - सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्नीच्यूटको भुकम्प गएको छ । आज विहान ७ बजेर ७ मिनेटको अवस्थामा लिखुपिके गाउँपालिकाको गोलीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्नीच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पका कारण सोलुखुम्बु, ओखलढुंगा र रामेछापका केही स्थानमा सामान्य धक्का महसुस भएको छ । क्षतिको विवरण नआएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।

विहिबारको भुकम्प २०७२ सालको पराकम्प नभएको भुकम्पमापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए ।

प्रकाशित: ५ भाद्र २०७६ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App