समाज

सय केजी धान चोरी गर्ने जेल चलान

इटहरी– सय केजी धान चोरी गर्ने इटहरीका एक युवा जेल चलान भएका छन्। इटहरी वडा नं. १० का २२ वर्षीय हेमनारायण चौधरी जेल चलान भएका हुन्। 

मंगलबार जिल्ला अदालन सुनसरीका न्यायधीश मणीराज न्यौपानेले गरेको फैसला अनुसार, हेमनारायणलाई दुर्ई हजार आठ सय धरौटी माग गर्दा बुझाउन नसकेपछि जेल चलान भएका हुन्। उनले साउन १० गते इटहरी वडा नं. १० कै मुखन चौधरीको घरबाट प्लाष्ट्रिकको बोरामा राखेको सय केजी धान चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरि मुद्धा चलाएको थियो।

यस्तै, मोवाइल चोरी गर्ने इटहरी वडा नं. १० कै ३२ वर्षे रिजाउदिन मियाँ धरौटीमा छुटेका छन्। साउन ११ गते इनरुवा वडा नं. ९ का मुकेश शर्माको मोवाइल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरि मुद्धा चलाएकोमा मियाँसँग दस हजार रुपैयाँ धरौटी माग गरिएको थियो। न्यायधीश खिमानन्द भुसालको आदेशमा धरौटी बुझाएर छुटेका हुन्।

प्रकाशित: ३ भाद्र २०७६ १६:०९ मंगलबार

चोरी जेल_चलान धान इटहरी