समाज

गाँजासहित तीन जना पक्राउ

धादिङ– जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ मझिमटारबाट प्रहरीले ८ किलो ५ सय ग्राम लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। काठमाडौँबाट पोखरातर्फ जादै गरेको ग १ ख ७७०२ नम्बरको बस चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको हो।

बसको सिटमाथि कपडाको झोलामा लुकाई छिपाई राखेको अवस्थामा जोगिमारा प्रहरीको टोलीले बरामद गरेको हो। गाँजासहित बसमा सवार कास्की जिल्लाको माछापुच्छ्रे  नगरपालिका वडा नं ८ बस्ने १८ वर्षीय सञ्जोक सुनारलाई पक्राउ गरिएको छ। सुनारलाई नियन्त्रण गरि अनुसन्धान गर्दा उक्त लागु औषध गाँजा मलेखुबाट पोखरातर्फ जादै गरेको ग १३ प ५०४९ नम्बरको स्कुटरमा सवार ब्यक्तिहरुको रहेको खुलेको छ।

अनुसन्धानका आधारमा स्कुटर चालक स्याङजाको चिनिबास बस्ने १९ वर्षीय नयन थापा मगर, स्कुटी पछाडी सवार कास्कीको लेखनाथ महानगरपालिका वडा नं ९ बस्ने १९ वर्षीय संगीत बिकलाई पनि पक्राउ गरिएको छ। 

प्रकाशित: ३ भाद्र २०७६ १२:५२ मंगलबार

गाँजा पक्राउ