समाज

योजना आयोगका कर्मचारी कार्यालयमै मृत फेला, विष सेवन गरेको आशंका

काठमाडाैँ - राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन्। आयोगमामा कार्यरत सुब्बा बच्चु केसी मंगलबार मृत फेला परेका हुन्।  उनी आयोगको हलमा मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

सुब्बा केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन्।  प्रहरीले अहिले मुचुल्का गरिरहेको छ । सिंहदरवारमै विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ।

प्रकाशित: ३ भाद्र २०७६ ०६:४९ मंगलबार

राष्ट्रिय_योजना_आयोग कर्मचारी मृत