समाज

लागु औषधसहित एक पक्राउ

दुलेगौँडा(तनहुँ)– जिल्लाको भानु नगरपालिका १ साजबोटेबाट तनहुँ प्रहरीले लागु औषधसहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका ४ सानो डुम्रे बस्ने २२ बर्षीय अक्रममियाँ रहेका छन्। 

उनको साथबाट नुफिन १४१ थान, डाइजेल्याब ९५ थान, डाइजेपाम ४६ थान र फेनारागन १३७ थान गरी ४१९ थान लागु औषध बरामद गरिएको प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। 

गस्तीमा रहेको प्रहरी टोलीले शंकास्पद लागेर मियाँलाई चेकजाँच गर्दा लागुऔषध बरामद भएको उनले बताए। शनिबार पक्राउ परेका मियाँलाई जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: १ भाद्र २०७६ १४:१४ आइतबार

लागु_औषध पक्राउ तनहुँ