समाज

लागुऔषधसहित दुई पक्राउ

मकवानपुर- प्रहरीले  ११२ किलोग्राम लागुऔषध (गाँजा) सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई  पक्राउ गरेको छ। हेटौँडा–१० बसपार्कबाट वीरगन्जतर्फ जाँदै गरेको बा५ख १८२५ नंको मिनीट्रकमा ५९ किलो ५८० ग्राम गाँजा फेला परेकाले मिनीट्रकसहित ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–६ बस्ने वर्ष २० का भिमसेन मोक्तान र सोही ट्रकमा सवार  वर्ष २६ का  रोशन लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले  जनाएको छ। 

यसैगरी हेटौँडा १९ नेवारपानी बीचटोलस्थित धानखेतमा लुकाएर राखिएको  गाँजा प्रहरीले बरामद गरेको छ। ओसारपसार गर्ने उद्देश्यले कालो प्लाष्टिकमा प्याकिङ गरेर राखिराखेको अवस्थामा ५३ किलोग्राम गाँजा बरामद गरिएको र यसमा सम्लग्न व्यक्तिबारे खोजबिन भइरहेको उक्त कार्यालयले जनाएको छ।

प्रकाशित: ३० श्रावण २०७६ ११:५५ बिहीबार

लागुऔषध गाँजा मिनी_ट्रक कारोबारी_पक्राउ